२०८२, १८ मंसिर बिहीबार

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन


काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको आज ८७ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठका हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले उहाँको आज दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि गत माघ १८ गते उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।

यस्तै उहाँले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘माक्र्सवाद र जातीय सवाल’लगायत माक्र्सवादी पुस्तकको अनुवाद गर्नुभएको छ ।

दर्जनौँ मौलिक माक्र्सवादी कृति र दर्जनौँ अनुदित माक्र्सवादी दर्शन साहित्य रचना गर्नुभएका श्रेष्ठको ‘कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘माक्र्सवाद चिनारी पुस्तकमाला’ जस्ता माक्र्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौँ कृति रहेका छन् ।
श्रेष्ठले नेपालका कम्युनिस्ट पार्टीको एकताको सवालमा लामो समयदेखि नै प्रयास गर्दै आउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ फाल्गुन शनिबार  ७ : ४७ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो