२०८२, २८ माघ बुधबार

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन


काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको आज ८७ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठका हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले उहाँको आज दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि गत माघ १८ गते उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।

यस्तै उहाँले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘माक्र्सवाद र जातीय सवाल’लगायत माक्र्सवादी पुस्तकको अनुवाद गर्नुभएको छ ।

दर्जनौँ मौलिक माक्र्सवादी कृति र दर्जनौँ अनुदित माक्र्सवादी दर्शन साहित्य रचना गर्नुभएका श्रेष्ठको ‘कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘माक्र्सवाद चिनारी पुस्तकमाला’ जस्ता माक्र्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौँ कृति रहेका छन् ।
श्रेष्ठले नेपालका कम्युनिस्ट पार्टीको एकताको सवालमा लामो समयदेखि नै प्रयास गर्दै आउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ फाल्गुन शनिबार  ७ : ४७ बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २