२०८३, २४ भाद्र बिहीबार


काठमाडौं, फागुन १०: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन् ।

यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो । निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान् श्रीमती उपचारका लागि काठमाडौं जाने भएका हुन् ।
निर्मलाका बाबु यज्ञराजले आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने र धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको बताए । यो समाचार मोहन विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १० फाल्गुन शुक्रबार  ८ : ०४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको