२०८२, ८ बैशाख सोमबार

बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु

बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु


काठमाडौँ, ९ फागुन : नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।

डिएलएद्वारा आज यहाँ आयोजित ‘उम्मेदवारसँग पत्रकार अन्तक्र्रिया’ सँगै चुनावी अभियान शुरु भएको र शुक्रबारदेखि नै देशव्यापी दौडाहमा निस्कन लागेको जानकारी दिइएको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका लगायतका विषयमा प्राथमिकताका साथ काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

बारका पूर्वमहासचिवसमेत रहनुभएका पोखरेलले विगतमा आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र आफ्नो अहिलेको समूह सबै दृष्टिकोणले सन्तुलित, समावेशी र प्रतिनिधिमूलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले आफूहरुले विधि र लोकतन्त्रका पक्षमा अडिग, अनुभवी र जुझारु उम्मेदवारको समूह बनाएकाले बृहत् लोकतान्त्रिक समूहले जित्ने दाबी गर्नुभयो ।

कानून व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल बार एशोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना र एक महिला गरी आठ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

बारको नयाँ नेतृत्वका लागि डिएलएले महिला उपाध्यक्षमा कविता थापा (कार्की), प्रदेश उपाध्यक्षमध्ये एकबाट डिल्लीबहादुर कार्की, २ बाट सुधीरकुमार कर्ण, ३ बाट राजेश्वर अधिकारी, गण्डकीबाट नीरञ्जन लाल राजभण्डारी, ५ बाट सुनिलकुमार श्रेष्ठ, कर्णालीबाट उत्तमप्रसाद आचार्य र सुदूरपश्चिम प्रदेशबाट ठेकेन्द्रराज जोशीलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी महासचिवमा लीलामणि पौडेल, कोषाध्यक्षमा तेजबहादुर रावल, दलित सदस्यमा रुपनारायण विक, उपत्यका बाहिरको मधेशी सदस्यमा शेषमान यादव, खुला मधेशीमा मनोजकुमार चौधरी, उपत्यका बाहिरको आदिवासी जनजाति सदस्यमा अमृतकुमार लामा, खुला आदिवासी जनजातिमा कैलाश गुरुङ, उपत्यका बाहिरको महिला सदस्यमा शिवाली जोशी (भण्डारी) र खुला महिला सदस्यमा सोनी रघुवंशले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

डिएलएले उठाएका उम्मेदवारमध्ये उपत्यका बाहिरको सदस्यका लागि गोविन्दप्रसाद सिग्देल, खुला अन्य सदस्यका लागि रमेशकुमार ढकाल, कृष्ण घिमिरे (भुषण), शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपीशर्मा सुवेदी र टेकप्रसाद सुवेदी रहनुभएको छ । उम्मेदवार छनोटका लागि डिएलएले गठन गरेको वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी संयोजकत्वको समितिले यी उम्मेदवार छनोट गरेको डिएलएकी महासचिव लक्ष्मी रावल दाहालले जानकारी दिनुभयो ।

आगामी चैत्र १६ गते शनिबार देशभरी हुने निर्वाचनका लागि गत सोमबार ६ गते उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेतृत्वको समूहले पनि उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा पोखरेल र श्रेष्ठसहित नौ जनाले उम्मेदवारी दिएका छन् । ती उम्मेदवारले न्यायपालिकाभित्रको भ्रष्टाचारलगायतका विकृति र विसङ्गतिको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ९ : ०३ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज