२०८२, २६ कार्तिक बुधबार

कुसुम–हापुरे १३२ केभी प्रसारण लाइन सञ्चालनमा

कुसुम–हापुरे १३२ केभी प्रसारण लाइन सञ्चालनमा


लमही, ९ फागुन: दाङको बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले दाङमा अब विद्युत्को कम भोल्टेजको समस्या नरहने बताउनुभयो । “दाङबाट लो भोल्टेज भयो भनेर पटक–पटक गुनासो आउने गथ्र्यो,” उहाँले भन्नुभयो, “अब भने त्यस्तो समस्या रहँदैन ।”

दाङमा यसअघि लमहीबाट घोराही हुँदै तुलसीपुर ३३ केभीको प्रसारणलाइन मात्रै हुँदा कम भाल्टेजको समस्या रहेकाले अब भने हापुरेको सबस्टेसन सञ्चालन भएपछि दुई सय केभी विद्युत् प्रसारण हुने उहाँले बताउनुभयो । सो दुई सय केभी विद्युत्लाई प्रयोगमा ल्याउनसमेत उहाँले आग्रह गर्नुभयो ।“पहिले लो भोल्टेज भनेर धेरै गुनासा आउँथे,” उहाँले भन्नुभयो, “तर अब भने उत्पादन भएको एक तिहाइ विद्युत् पनि प्रयोगमा आउँदैन कि भन्ने चिन्ता छ ।” उहाँले दाङमा विभिन्न ठूला उद्योग खुल्ने र थप समृद्धिको मार्गमा लैजाने बताउनुभयो ।

उहाँले तीन वर्षभित्र सबै नेपालीलाई विद्युत्को पहुँचमा पु¥याउने लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले बाँझो जग्गालाई सिञ्चित गर्न पनि मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभयो । मन्त्रायलका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजीत थारू, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललगायतले दाङमा विगतजस्तो विद्युत्भार कटौतीको समस्या अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त सबस्टेसन रु ४३ करोड ८६ लाखको लागतमा निर्माण गरिएको हो । विसं २०६६ देखि निर्माण कार्य शुरु गरिएको सबस्टेसनको काम तीन सिफ्टमा पूरा भएको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ७ : ३६ बजे

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ