२०८२, ३० जेष्ठ शुक्रबार

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो


काठमाडौँ, ८ फागुन: सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात छ ।

सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल विदेशबाट आयात हुन्छ । फलफूल उत्पादन बढाउन नसक्दा आयात बढेको हो । मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टरमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ । यहाँको मागले नधानेपछि गत वर्ष चार लाख १४ हजार टन आयात भएको थियो ।

राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले नेपालमा फलफूल खानेको संख्या बढेकोले आयात बढेको बताउँछिन् । बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन् । यो समाचार दिलीप पौडेलले नागरिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, ८ फाल्गुन बुधबार  ७ : २८ बजे

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

अनेरास्वबियुमा डा. सुजन कडरिया ७ मतले बिजयी, यी हुन निर्वाचित पदाधिकारीका टीम

काठमाडौं । अनेरास्वबियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित हुनुभएको छ

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच