२०८२, ५ माघ सोमबार

चेपाङ महिलाको जीवन, २१ वर्षको उमेरमा ४ बच्चा

चेपाङ महिलाको जीवन, २१ वर्षको उमेरमा ४ बच्चा


हेटौँडा, फागुन ८ : उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ महिनादेखि रजश्वता रोकिएको छ । रजश्वला रोकिनु, गर्भवती हुनु, बच्चा पाउनु जनको नियतिजस्तै देखिएको छ ।

बाल्यकालदेखि नै दाहिने खुट्टा गुमाएकी निरमायाको विवाह गाउँकै केटासँग १२ वर्षको उमेरमा भएको थियो । पतिको पनि देब्रे खुट्टा छैन । संयोग नै भन्नुपर्छ दुवैको खुट्टा बाल्यकालमा खँगेनामा परेर जलेको हो । छोराछोरी अँगेनाको छेउमा सुताएर दुवैको आमाबाबु दिउँसो कन्दमुल खोज्न जंगल गएको अवस्थामा अँगेनामा खुट्टा परेर जलेको थियो ।

घर नजिक स्कुल भएर पनि पढ्न नगएकी निरमायालाई अहिले बच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ । टाउको लुकाउने एउटा फुसको घर छ । यो समाचार प्रताव विष्टले कान्तिपुरमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, ८ फाल्गुन बुधबार  ६ : ४३ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ