२०८२, १८ मंसिर बिहीबार

पत्रपत्रिकाको वर्गीकरणमा सङ्ख्या घट्दो

पत्रपत्रिकाको वर्गीकरणमा सङ्ख्या घट्दो


काठमाडौँ, ६ फागुन : प्रेस काउन्सिल नेपालले आव २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणमा वितरण सम्परीक्षण समितिमा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या ८६४ रहेको जनाएको छ ।

वर्गीकरणमा दैनिक १७४, अर्ध–साप्ताहिक तीन, साप्ताहिक ५२७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक चार, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ छन् । यस्तै, प्रदेशगत रूपमा प्रदेश नं १ बाट १११, प्रदेश नं २ बाट १७७, प्रदेश नं ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।

आव २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणका लागि आवेदन फाराम भरेका पत्रपत्रिकाको विवरण प्रेस काउन्सिलको वेबसाइटमा पनि राखिएको जनाइएको छ । यसैगरी यीबाहेक प्रक्रिया नपुगेका र ढिलो गरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाउने सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभएको छ । आव २०७३÷७४ मा ९५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ८ : ५३ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो