२०८३, १ श्रावण शनिबार

पत्रपत्रिकाको वर्गीकरणमा सङ्ख्या घट्दो

पत्रपत्रिकाको वर्गीकरणमा सङ्ख्या घट्दो


काठमाडौँ, ६ फागुन : प्रेस काउन्सिल नेपालले आव २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणमा वितरण सम्परीक्षण समितिमा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या ८६४ रहेको जनाएको छ ।

वर्गीकरणमा दैनिक १७४, अर्ध–साप्ताहिक तीन, साप्ताहिक ५२७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक चार, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ छन् । यस्तै, प्रदेशगत रूपमा प्रदेश नं १ बाट १११, प्रदेश नं २ बाट १७७, प्रदेश नं ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।

आव २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणका लागि आवेदन फाराम भरेका पत्रपत्रिकाको विवरण प्रेस काउन्सिलको वेबसाइटमा पनि राखिएको जनाइएको छ । यसैगरी यीबाहेक प्रक्रिया नपुगेका र ढिलो गरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाउने सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभएको छ । आव २०७३÷७४ मा ९५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ८ : ५३ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित