२०८३, १ श्रावण शनिबार

हिउँदे झरी दोहोरिन थाल्यो, अझै केहि दिन धकेलिने

हिउँदे झरी दोहोरिन थाल्यो, अझै केहि दिन धकेलिने


काठमाडौँ, फागुन ६ : मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन ।भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।

अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन् । तर केही वर्षयता हिउँदे झरी हिउँदयामको आखिरीतर्फ धकेलिदै गएको छ । किन यस्तो, भन्ने प्रश्नमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ–‘जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष असरले यस्तो भइरहेको छ, मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस अन्तिम र माघ लागेपछि मात्रै पर्न थालेको छ ।’काठमाडौ विश्वविद्यालयका आगन्तुक प्राध्यापक समेत रहनु भएका शाक्य विगत डेढ दशकयता नेपाल सहित दक्षिण एसियाली मनसुन र हिउँदे झरीको गतिविधिबारे अनुसन्धान गर्दै आउनु भएको छ ।

मनसुनको अवधि पनि धकेलिएर असोजसम्म पुग्ने गरेको बताउँदै उहाँले भन्नुभयो–‘हिउँदमा ढिलै गरी पानी त पर्छ, तर मेघ गर्जन सहित पर्नुपर्ने पानी र त्यस्तो लक्षण हिजो–आज निकै घटेको छ ।’ सवारी साधन र उद्योग कलकारखानाबाट निस्कने प्रदुषित वायुले पनि मौसमी चक्रलाई प्रभावित बनाउँदै समय अगावै हिमालय श्रृखंलामा हिउँ पग्लिने गरेको शाक्यको बुझाई छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । मौसमविद्हरुका अनुसार मार्च, अप्रिल र मे महिना ‘प्री मनसुन’ अर्थात् मनसुन पूर्वाद्धको समय हो । जुन दोस्रो सातादेखि सेप्टेम्बर चौथो साता नेपालका लागि सक्रिय मनसुन अवधि हो भने नोभेम्बर महिना मनसुन उत्तराद्र्ध अर्थात् ‘पोस्ट मनसुन’ अवधि हो ।

नेपाल सहित समग्र दक्षिण एसियाली भेगको मनसुन, हिउँदे झरी र त्यस अघिपछिको वर्षालाई प्रशान्त महासागरमा विकास हुने मौसमी प्रकृयाले प्रभावित बनाउँदै आएको छ ।सो सागरको पानी औसत भन्दा धेरै तात्ने प्रकृया ‘एलनिनो’ र औसत भन्दा धेरै चिसो हुने प्रकृया ‘ल्यानिना’ले वर्षाको गतिविधी प्रभावित हुने गर्छ । ल्यानिना सक्रिय हुँदा हिउँदे वर्षा र मनसुन औसत भन्दा बढी सक्रिय बन्ने र एलनिनो सक्रिय हुँदा त्यस विपरित औसत वर्षा कम हुने मौसमविद् शाक्यले बताउनुभयो । सन् २०१४ देखि सक्रिय बनेको एलनिनो सन् २०१७ को अन्तिममा निस्कृय बनेको र ल्यानिनाको अवधि पनि ४÷५ वर्ष जारी रहने विश्व मौसम संगठन (डब्लुएमओ)ले जनाएको छ ।

यसपटक डिसेम्बर महिनामा धनकुटामा मात्रै हिउँदे वर्षाले औषत मात्रा नाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ ।
त्यसैगरी जनवरीमा पूर्वी भेग बाहेक मध्य र पश्चिमी भू–भागका केही स्थानमा औसत र औसत भन्दा बढी वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।‘फेब्रुअरीको मध्य अवधिसम्ममा धेरै स्थानमा औसत भन्दा बढी नै वर्षा भएको छ, उहाँले भन्नुभयो–‘फेब्रुअरीमा त धेरै ठाउँको औषत वर्षा ३ सय प्रतिशतको हाराहारीमा पुगेको छ ।’

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : २८ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित