२०८२, १८ मंसिर बिहीबार

हिउँदे झरी दोहोरिन थाल्यो, अझै केहि दिन धकेलिने

हिउँदे झरी दोहोरिन थाल्यो, अझै केहि दिन धकेलिने


काठमाडौँ, फागुन ६ : मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन ।भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।

अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन् । तर केही वर्षयता हिउँदे झरी हिउँदयामको आखिरीतर्फ धकेलिदै गएको छ । किन यस्तो, भन्ने प्रश्नमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ–‘जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष असरले यस्तो भइरहेको छ, मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस अन्तिम र माघ लागेपछि मात्रै पर्न थालेको छ ।’काठमाडौ विश्वविद्यालयका आगन्तुक प्राध्यापक समेत रहनु भएका शाक्य विगत डेढ दशकयता नेपाल सहित दक्षिण एसियाली मनसुन र हिउँदे झरीको गतिविधिबारे अनुसन्धान गर्दै आउनु भएको छ ।

मनसुनको अवधि पनि धकेलिएर असोजसम्म पुग्ने गरेको बताउँदै उहाँले भन्नुभयो–‘हिउँदमा ढिलै गरी पानी त पर्छ, तर मेघ गर्जन सहित पर्नुपर्ने पानी र त्यस्तो लक्षण हिजो–आज निकै घटेको छ ।’ सवारी साधन र उद्योग कलकारखानाबाट निस्कने प्रदुषित वायुले पनि मौसमी चक्रलाई प्रभावित बनाउँदै समय अगावै हिमालय श्रृखंलामा हिउँ पग्लिने गरेको शाक्यको बुझाई छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । मौसमविद्हरुका अनुसार मार्च, अप्रिल र मे महिना ‘प्री मनसुन’ अर्थात् मनसुन पूर्वाद्धको समय हो । जुन दोस्रो सातादेखि सेप्टेम्बर चौथो साता नेपालका लागि सक्रिय मनसुन अवधि हो भने नोभेम्बर महिना मनसुन उत्तराद्र्ध अर्थात् ‘पोस्ट मनसुन’ अवधि हो ।

नेपाल सहित समग्र दक्षिण एसियाली भेगको मनसुन, हिउँदे झरी र त्यस अघिपछिको वर्षालाई प्रशान्त महासागरमा विकास हुने मौसमी प्रकृयाले प्रभावित बनाउँदै आएको छ ।सो सागरको पानी औसत भन्दा धेरै तात्ने प्रकृया ‘एलनिनो’ र औसत भन्दा धेरै चिसो हुने प्रकृया ‘ल्यानिना’ले वर्षाको गतिविधी प्रभावित हुने गर्छ । ल्यानिना सक्रिय हुँदा हिउँदे वर्षा र मनसुन औसत भन्दा बढी सक्रिय बन्ने र एलनिनो सक्रिय हुँदा त्यस विपरित औसत वर्षा कम हुने मौसमविद् शाक्यले बताउनुभयो । सन् २०१४ देखि सक्रिय बनेको एलनिनो सन् २०१७ को अन्तिममा निस्कृय बनेको र ल्यानिनाको अवधि पनि ४÷५ वर्ष जारी रहने विश्व मौसम संगठन (डब्लुएमओ)ले जनाएको छ ।

यसपटक डिसेम्बर महिनामा धनकुटामा मात्रै हिउँदे वर्षाले औषत मात्रा नाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ ।
त्यसैगरी जनवरीमा पूर्वी भेग बाहेक मध्य र पश्चिमी भू–भागका केही स्थानमा औसत र औसत भन्दा बढी वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।‘फेब्रुअरीको मध्य अवधिसम्ममा धेरै स्थानमा औसत भन्दा बढी नै वर्षा भएको छ, उहाँले भन्नुभयो–‘फेब्रुअरीमा त धेरै ठाउँको औषत वर्षा ३ सय प्रतिशतको हाराहारीमा पुगेको छ ।’

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : २८ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो