२०८२, २८ माघ बुधबार

केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चाँडै, ३ सय अर्ब लागत अनुमान

केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चाँडै, ३ सय अर्ब लागत अनुमान


काठमाडौँ, फागुन ६ : केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रिया विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को चरणमा प्रवेश गरेको छ । त्यसका लागि दुई देशका अधिकारीबीच वार्ता प्रक्रिया थालनी भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।

उनका अनुसार दुई देशका अधिकारीबीच २०७६ असारसम्म चीनमा तेस्रो वार्ता हुनेछ । यसअघि पहिलो वार्ता चीन र दोस्रो वार्ता मंसिरमा नेपालमा भइसकेको छ । अब हुने वार्ताको मुख्य एजेन्डा नै केरुङ काठमाडौँ रेलमार्ग हुनेछ । नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन् ।

सम्भाव्यता अध्ययनले काठमाडौँदेखि केरुङसम्मको लम्बाइ ७२ किलोमिटर रहने देखाएको छ । त्यसका लागि २८० देखि ३०० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमण गर्न २०७४ कात्तिकमा नेपाल आएको चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीले २८० र्अ लाग्ने अनुमान गरेका थिए ।

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : १४ बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २