२०८२, १८ मंसिर बिहीबार

भक्तपुरमा चट्याङ लागेर ६ घाइते

भक्तपुरमा चट्याङ लागेर ६ घाइते


भक्तपुर, ४ फागुन: वनभोज मनाउन आज भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा आएका ६ जना विद्यार्थी चट्याङ परेर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वनभोज मनाइरहँदा वर्षासँगै परेको चट्याङमा परेर घाइते भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २४ वर्षीय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका–५ का २५ वर्षीय सत्तेनन्द गुप्ता, मोरङ कोसीदरैचा नगरपालिका–४ घर भई कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, ओखलढुङ्गा रुम्जाटार घर भई त्रिभुवन विश्वविद्यालयका सुरक्षागार्ड ५७ वर्षीय ललित गुरुङ, कैलाली गौरी नगरपालिका–१ का २५ वर्षीय जीवन भण्डारी र सर्लाही घर भई विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का रहेका छन् ।

घाइते सबैको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी आज अचानक परेको असिना पानीले भक्तपुरमा लगाइएका तरकारी बाली नष्ट भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार  ८ : ५७ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो