२०८३, १ असार मंगलबार

श्रीमानले जबरजस्ती गरेकाे भन्दै श्रीमतीले हालिन् मुद्दा

श्रीमानले जबरजस्ती गरेकाे भन्दै श्रीमतीले हालिन् मुद्दा


डोटी, ४ फागुन: जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् ।

आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उहाँले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्ले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमान्लाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान शुरु गरिरहेका छौँ ।”

आफ्नै श्रीमान्ले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिनुभएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमान् डिल्लीराजलाई दुई वर्ष ६ महीना जेल सजाय हुनसक्ने नियम रहेको जानकारी दिनुभयो ।

डिल्लीराज र कल्पनाबीच विवाह भएको करीब आठ÷नौ वर्षभएको र उनीबाट दुई वटा सन्तान समेत जन्मिसकेको प्रहरीले जनाएको छ । विवाह भएको यतिलामो समयपछि किन श्रीमतीले श्रीमान्विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिन यो भने निकै रहस्यमय रुपमा हेरिएको स्थानीयवासी बताउँछन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार  ६ : ३६ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई