२०८३, २४ भाद्र बिहीबार

फेरि मौसम गडबढ : भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने

फेरि मौसम गडबढ : भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने


काठमाडौं, फागुन ३ : भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

निरन्तर ठूलो वर्षाको संभावना नरहेपनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उहाँले भन्नुभयो–‘अब २÷३ दिन मौसम प्रष्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडवढ भइरहन्छ ।’

केही दिन मौसम प्रभावित हुने
यसको प्रभावले सुधारउन्मुख तापक्रम फेरी घट्ने रिमालले बताउनुभयो । सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मंगलबार बेलुका सुदुर पश्चिम भित्रिएको पश्चिमी न्यून चापिय प्रणालीको असरले बुधवारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार शनिवारसम्म मौसम प्रत्यक्ष प्रभावित रहने छ ।

अन्यत्रको तुलनामा विहीवार पश्चिमी भेगको मौसम केही बढी प्रभावित भएको थियो भने आज शुक्रवार पनि सोही भेगमा सो प्रभाव यथावत रहने रिमालले बताउनुभयो । ‘शनिवार भने मध्य र पूर्वीभेगको मौसम केही बढी प्रभावित बन्ने गतिविधी विकास भइरहेको छ’–उहाँले भन्नुभयो । विहीवार डडेलधुरा, विरेन्द्रनगर, नेपालगञ्ज, धनगढी, दाङ, जुम्ला, दिपायल, भैरहवा लगायत आसपासका भेगमा हल्का र मध्यम वर्षा भएको महाशाखाको तथ्यांक छ । याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, ३ फाल्गुन शुक्रबार  ७ : १९ बजे

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

मुगु । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग