२०८३, ७ कार्तिक शनिबार

नौ किलो लागुऔषधसहित दुई पक्राउ

नौ किलो लागुऔषधसहित दुई पक्राउ


धादिङ, २ फागुन : जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज दिउँसो नौ किलोग्राम प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–५ देउरालीमा विशेष सुराकीको आधारमा प्रहरीले शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध चरेस बनाउन प्रयोग गरिने धुलो नौ किलोग्राम छ वटा पोकामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

बा २५ प ५२९३ नम्बरको पल्सर मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–१ सुन्दरनागीका ३५ वर्षीय विकास तामाङ र सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई मोटरसाइकलसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुले चरेस बनाउने धुलो पाउडर लगेर लागुऔषध बनाउन लागिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका दुवै जनालाई लागुऔषध नियन्त्रणसम्बन्धी ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार  ८ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना