२०८३, २१ श्रावण शुक्रबार

नौ किलो लागुऔषधसहित दुई पक्राउ

नौ किलो लागुऔषधसहित दुई पक्राउ


धादिङ, २ फागुन : जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज दिउँसो नौ किलोग्राम प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–५ देउरालीमा विशेष सुराकीको आधारमा प्रहरीले शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध चरेस बनाउन प्रयोग गरिने धुलो नौ किलोग्राम छ वटा पोकामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

बा २५ प ५२९३ नम्बरको पल्सर मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–१ सुन्दरनागीका ३५ वर्षीय विकास तामाङ र सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई मोटरसाइकलसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुले चरेस बनाउने धुलो पाउडर लगेर लागुऔषध बनाउन लागिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका दुवै जनालाई लागुऔषध नियन्त्रणसम्बन्धी ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार  ८ : ५५ बजे

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी