२०८२, १ असार आईतबार

विकास निर्माणमा सेना मूल ठेकेदार : २८ उपठेकेदार

विकास निर्माणमा सेना मूल ठेकेदार : २८ उपठेकेदार


काठमाडौं, फागुन २ :आइतबार अपराह्न मकवानपुरको सिस्नेरीस्थित सेनाको क्याम्पभन्दा करिब एक किलोमिटर दूरीको छालाटारस्थित अनकन्टार भिर खोल्न दुई स्काभेटर सक्रिय थिए । साइट इन्चार्ज यदुवंश अधिकारी स्काभेटरचालकलाई जोगिएर काम गर्न निर्देशन दिँदै थिए । पहाड फोर्नु जोखिमपूर्ण रहेको बताउँदै उनले सुनाए, ‘हामी मोतीदान कन्स्ट्रक्सनका कर्मचारी हौँ । गत वैशाखदेखि निरन्तर पहाड फोड्दै आएका छौँ । हामीमातहत मात्रै ४० भन्दा धेरै कामदार कार्यरत छन् । उनीहरूमध्ये कोही ड्रिलिङमा संलग्न छन्, कोही स्काभेटर चलाउँछन् । काम जोखिमपूर्ण छ ।’

त्यस्तै, गजुरमुखी कन्स्ट्रक्सनका इन्जिनियर अशोककुमार मण्डलका अनुसार यो खण्डमा धेरै ठाउँमा पहाड खोप्नुपर्छ । र अधिकांशको ठेक्का निजी कम्पनीले पाएका छन् । मण्डलले भने, ‘यस खण्डअन्तर्गत पहाड फोर्नुपर्ने काम धेरै छन् । यहाँका अधिकांश काम निजी कम्पनीबाट हुँदै आएका छन् । ठेक्का दिने र रेखदेख गर्ने काम सेनाले गर्छ, केही ठाउँमा सेनाले पनि काम गरिरहेको छ ।’ यो सरोजराज अधिकारी, टेकराज थामी र विनोद विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार  ८ : ०५ बजे

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार

एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ

दमक । नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ