२०८२, २ भाद्र मंगलबार

बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य

बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य


भद्रपुर, फागुन २ :  ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो । अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन् ।

गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन् । किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ । ‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘१२ सम्म पढाउँदा त यस्तो छ । अझ बढी पढाउने हो भने के होला  !’

कचनकवलका झन्डै सात सय मुस्लिम परिवारको कथा यस्तै छ । यो समुदायमा छोराभन्दा छोरीले बढी पढेका छन् । स्कुल जानेमा पनि छोरीकै संख्या ज्यादा छ । तर, यो आँकडाले समाजको वास्तविक चित्र देखाउँदैन । किनभने मुस्लिम महिलाले शिक्षा आर्जन गरे पनि त्यसको उपयोग गर्न पाउँदैनन् । घरबाहिर निस्केर काम गर्न सक्दैनन् । छोराहरू पाँच–छ कक्षामै स्कुल छोडेर विदेश वा व्यवसायमा लाग्छन् । गाउँमा पढेका केटा छैनन् । छोरीलाई बढी पढाए उनीहरूको स्तर सुहाउँदो जोडी भेटिँदैन । त्यसैले पढेका छोरीको विवाह कठिन हुन पुग्छ । याे समाचार राधा खनालले अन्नपूर्णमा लेखेकी छन्

प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार  ७ : ५६ बजे

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की