२०८३, १८ आश्विन सोमबार

बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य

बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य


भद्रपुर, फागुन २ :  ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो । अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन् ।

गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । अब उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन् । किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ । ‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘१२ सम्म पढाउँदा त यस्तो छ । अझ बढी पढाउने हो भने के होला  !’

कचनकवलका झन्डै सात सय मुस्लिम परिवारको कथा यस्तै छ । यो समुदायमा छोराभन्दा छोरीले बढी पढेका छन् । स्कुल जानेमा पनि छोरीकै संख्या ज्यादा छ । तर, यो आँकडाले समाजको वास्तविक चित्र देखाउँदैन । किनभने मुस्लिम महिलाले शिक्षा आर्जन गरे पनि त्यसको उपयोग गर्न पाउँदैनन् । घरबाहिर निस्केर काम गर्न सक्दैनन् । छोराहरू पाँच–छ कक्षामै स्कुल छोडेर विदेश वा व्यवसायमा लाग्छन् । गाउँमा पढेका केटा छैनन् । छोरीलाई बढी पढाए उनीहरूको स्तर सुहाउँदो जोडी भेटिँदैन । त्यसैले पढेका छोरीको विवाह कठिन हुन पुग्छ । याे समाचार राधा खनालले अन्नपूर्णमा लेखेकी छन्

प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार  ७ : ५६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय