२०८२, १८ मंसिर बिहीबार

४ सय वर्ष पुरानाे रूख चाेरी

४ सय वर्ष पुरानाे रूख चाेरी


काठमाडौँ, फागुन १ : चोरले केही पनि बाँकी राख्दो रहनेछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ । अरू ६ वटा रूखसमेत चोरिएका छन् ।ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो । ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर (एक करोड रुपैयाँभन्दा बढी) थियो ।

चोरिएका बाँकीमध्ये तीनवटा देवदारका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए । सबैभन्दा जेठो शिम्पाकुको बोनसाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिने कार्यक्रम थियो । जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाई बनाइन्छ । बोनसाई असली रूपमा रूख जस्तो देखिए पनि आकारमा कैयौं सानो हुने गर्छ । घरमा भाँडोमै बोनसाई हुर्काइन्छ ।उक्त बोनसाईको रेखदेख गर्दै आएका सिजी इमुराकी पत्नी फुयुमीले त्यसलाई नियमित रूपमा सिँचाइ गर्न चोरसँग आग्रह गरेकी छन् ।

उनले चोरलाई सम्बोधन गर्दै भनेकी छन्, ‘पानी नदिने हो भने बोनसाई एक साता पनि बाँच्ने छैन । हामीले यसलाई आफ्नै सन्तान जसरी रेखदेख गर्दै आएका थियौं । तिमीले पनि त्यस्तै माया गर्नू ।’बोनसाई चोरी भएपछि आफ्नो शरीरको भाग काटेको जस्तै पीडा र छटपटी भएको उनले बताइन् । उनको ठम्याइमा चोर निकै सिपालु हुनुपर्छ । ‘३ हजार विरुवामध्ये सबैभन्दा महँगो बोनसाई छानेर लैजान चानचुने चोरले पक्कै सक्दैन’, उनले भनेकी छन् । याे समाचार अन्नपूर्णमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, १ फाल्गुन बुधबार  ८ : ३१ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो