२०८३, २४ भाद्र बिहीबार

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या


काठमाडौँ, फागुन १ : पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा विजय नेपालीले लेखेका छन् ।

केटीको विषयलाई लिएर उनहिरुबीच झगडा हुँदा कुमारले घाँटी रेटी हत्या गरेका हुन् । डल्ली भनिने सुनिता गुरुङ र सचिन बोल्ने क्रममा विवाह गर्ने कुरा सुनेपछि आफ्नो गर्लफ्रेण्डलाई विवाह गर्न लागेको कुरामा विवाद हुँदा सचिनले पहिला कुमारको खुट्टामा चक्कु प्रहार गरेको रानाले जानकारी दिए ।

सोही चक्कुले पछि सचिनलाई घोप्टो पारी हत्या गरेको कुमारले बताएका छन् । सचिनको हत्या आफूले गरेको उनले स्वीकारेका छन् । उनले सचिनको पेट र ढाडमा समेत प्रहार गरेका थिए ।

प्रकाशित मिति : २०७५, १ फाल्गुन बुधबार  ८ : ०७ बजे

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

मुगु । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग