२०८२, १८ मंसिर बिहीबार

स्विट्जरल्यान्डले उपहार दिएको सुपर कम्प्युटरले नेपालमा काम पाएन

स्विट्जरल्यान्डले उपहार दिएको सुपर कम्प्युटरले नेपालमा काम पाएन


काठमाडौँ, फागुन १ : छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो । मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो उपयोगविहीन बनेको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेका छन् ।

अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए । ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ ।’

स्विट्जरल्याण्डको जेनेभामा रहको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्स (सर्न)ले यो कम्प्युटर नेपाललाई उपहारका रुपमा प्रदान गरेको हो । यो उच्च क्षमताको कम्प्युटर खासगरी ठूल्ठूला रिसर्च, मौसम विभाग, बैंक, सिभिल र जियोम्याट्रिक विभाग, भूकम्प पूर्वानुमानलगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७५, १ फाल्गुन बुधबार  ८ : ०५ बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो