२०८२, १८ मंसिर बिहीबार

खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक


काठमाडौँ, फागुन १ : नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाएरको हो । यसता दुई सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाएको प्रधान कार्यालयले जनाएको छ । ‘जसजसका लागि अंगरक्षक खटाइएको छ, उनीहरुलाई सुरक्षाका थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्व प्रहरी अखधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो । अहिलेसम्म दुर्ई सय ८० जना फिर्ता भएका न् यो क्रम जारी छ,’ स्रोतले भन्यो ।

अंगरक्षक खोसिने पूर्वमन्त्री गोविन्दराज जोशी, अमरेश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्व आइजिपीहरु हेम गुरुङ, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन् । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, १ फाल्गुन बुधबार  ६ : ४० बजे

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो