२०८२, १८ मंसिर बिहीबार

वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी

वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी


काठमाडाैं, माघ २९ :क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ ।

तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन भएका कारण क्यानडा पठाउन लागिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

उनका अनुसार सो मेसिनको सट्टा नयाँ टोमोथेरापी मेसिन जडान गर्न लागिएको छ । उनको अनुसार रेडियोथेरापी मेसिन नष्ट गर्ने उपाय र स्थान अभाव भएका कारण क्यानडाका उत्पादकलाई फिर्ता पठाउन लागिएको हो । सो मेसिनको विकिरणयुक्त पुर्जा लैजानको लागि क्यानडाबाट विशेष खालको कन्टेनर वीर अस्पताल आइसकेको छ । मेसिनमा रहेको विकिरणयुक्त पुर्जा सुरक्षित रुपम निकाल्नको लागि प्राविधिक टोली पनि नेपाल आइसकेको छ ।

प्रकाशित मिति : २०७५, २९ माघ मंगलबार  ७ : २२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी