२०८२, २५ चैत्र बिहीबार

वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी

वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी


काठमाडाैं, माघ २९ :क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ ।

तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन भएका कारण क्यानडा पठाउन लागिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

उनका अनुसार सो मेसिनको सट्टा नयाँ टोमोथेरापी मेसिन जडान गर्न लागिएको छ । उनको अनुसार रेडियोथेरापी मेसिन नष्ट गर्ने उपाय र स्थान अभाव भएका कारण क्यानडाका उत्पादकलाई फिर्ता पठाउन लागिएको हो । सो मेसिनको विकिरणयुक्त पुर्जा लैजानको लागि क्यानडाबाट विशेष खालको कन्टेनर वीर अस्पताल आइसकेको छ । मेसिनमा रहेको विकिरणयुक्त पुर्जा सुरक्षित रुपम निकाल्नको लागि प्राविधिक टोली पनि नेपाल आइसकेको छ ।

प्रकाशित मिति : २०७५, २९ माघ मंगलबार  ७ : २२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि