काठमाण्डौ २७ माघ: तामाङ समुदायको उदम थलो भनेर चिनिने काभ्रेको तेमालमा सोनाम ल्होछारका अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
यहि माघ २८ गते पोखरी नारायस्थानमा हुने ल्होछार कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले गर्ने छन् । कार्यक्रममा संघीय सासंद गंगा बहादुर दोङ, नविना लामा, प्रदेश सासंद रत्न ढकाल लगायतको पनि सहभागि हुने छन् ।
ह्रिन्जेन दोर्जे स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा चर्चित कलाकारहरु पनि जाने ल्होछार मूल आयोजक समितिका संयोजक पासाङ ढोल्मु लामाले जानकारी दिइन् । उनका अनुसार अभिनास घिसिङ, सञ्जिब वाइबा, विश्व दोङ, विशाल काल्तान, प्रमिला तामाङ, जितु लोप्चन, अशोक तामाङ, रञ्जना मोक्तानका साथै स्थानीय कलाहरुको समेत सहभागितामा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
ल्होछार कार्यक्रमको सह आयोजकमा उर्मती एसोशिएसन, नेपाल तामाङ घेदुङ तेमाल गाउँपालिका र काभ्रेली समाज जापान रहेको छ ।
साँस्कृतिक कार्यक्रमले तेमालमा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजक ह्रिञ्जेल दोर्जे स्मृति प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले बताए ।
कार्यक्रममा तेमाल गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई प्रतिष्ठानले सम्मान गर्ने अध्यक्ष लामाले बताए ।
प्रतिक्रिया