२०८२, २३ फाल्गुन आईतबार

नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने

नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने


काठमाडौँ, २६ माघ: विश्वका जुनकुनै देशमा रहने नेपालीले आफ्नै संस्कृतिअनुसार त्यहाँको स्थान र समयमा चाँडपर्व मनाउन सकून् भन्ने उद्देश्यले त्यस देशका लागि हुनेगरी पञ्चाङ्ग (पात्रो) निर्माण गरिने भएको छ । दक्षिण एशियाली ज्योतिष महासङ्घको केन्द्रीय वार्षिक महासभाको आज उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले पहिलो चरणमा अमेरिकाको समयअनुसार गणना गरी पात्रो प्रकाशन गर्न लागिएको बताउनुभयो ।

“धेरै युवायुवती परिवारसहित हाल विदेशमा बसोवास गर्छन्, तिनले यहीबाट प्रकाशन भएको पात्रो लिएर जान्छन्, त्यसैअनुसार पर्व मनाउँछन्”, उहाँले भन्नुभयो, “यसरी मनाउँदा विसं २०७४ को रक्षाबन्धनका दिन नेपालमा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमै मनाइएको थियो, अमेरिकामा पनि नागपञ्चमीमै मनाइएछ, त्यहाँ ग्रहण थिएन, यो शास्त्रसम्मत भएन ।” हिमालयको काखमा रहेको नेपाल विश्वकै गुरु भएकाले पनि विश्वका जुन जुन देशले चाहन्छन् तिनीहरुका लागि पञ्चाङ्ग निर्माण गरिने भट्टराईले बताउनुभयो । यसका लागि उहाँको अध्यक्षतामा समिति गठन गरिएको विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले जानकारी गराउनुभयो । उहाँले विश्वका ज्योतिषहरुको संस्थाले आवश्यक पर्ने देशका लागि पात्रो निर्माण गरिदिने गरी तयारी शुरु गरिएको बताउनुभयो ।

प्रा श्रीकृष्ण अधिकारीले नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा तिथिको घडी, पला, चाँडपर्वको समय मिले नमिलेको गणना गरी ज्योतिषीले समर्थन वा विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष सहदेव विष्ट, वरिष्ठ उपाध्यक्ष एवं वाल्मीकि विद्यापीठका उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, ज्योतिषी माधवराज पाण्डे, किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शर्मा, महासङ्घकी सल्लाहकार अम्बिका शर्मा लगायतले ज्योतिषीले शास्त्रभन्दा स्वार्थलाई हेरेर फलादेश, लगन टिप्पणको निर्माण, चर्चामा आउन आचारसंहिता विपरितका काम बढेकाले नियमन गर्न माग गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ७ : ०० बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै