२०८२, २५ चैत्र बिहीबार

कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन

कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन


जनकपुरधाम, माघ २६ :  जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन् । घरनजिकै स्कुल पनि छ । प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियान चलाएको वर्षदिन पुग्यो । तर, रुक्सना सधैं स्कुलको गेटबाहिरै छिन् ।

गास जुटाउन रिक्सा लिएर रुक्सना जनकपुरको चोकचौराहा, हाटबजारका गल्लीगल्ली चहार्छिन् । पुस्तैनी रोग, भोक र गरिबीले उनको परिवार थला परेको छ । फ्याँकिएको प्लास्टिकका बोतल, कुट र फलामका टुक्राहरू बटुल्छिन् । साँझ कबाडमा लगेर बिक्री गर्छिन् । पसलबाट चामल, दाल, तरकारी, नुनतेल लिएर फर्किन्छिन् । उनलाई पढ्ने ठूलो धोको छ । तर, गरिबीले उनको स्कुल जाने बाटोमा छेकबार लगाइदिएको छ । उनी भन्छिन्, ‘पढ्न मन कसलाई हुँदैन, कबार बटुलेर कमाई नगरे खान पुग्दैन ।’

शिक्षाको ज्योतिबाट वञ्चित रहकी उनी हुल बाँधेर कवाड बटुल्न रिक्सामा भङ्गा (ठूलो प्लास्टिकको बोरा०)राखेर हिँड्छिन् । मधेसमा गरिबीले रुक्सनाजस्ता हजारौं चेलीबेटीले विद्यालयको मुख देख्न पाएका छैनन् । छोरीहरू चरम विभेदमा छन् । छोरालाई स्कुल पढाइन्छ, छोरीलाई घरको कामकाजमा लगाइन्छ । उनी असंख्य छोरीहरू जनकपुरका होटलमा भाँडा माझ्छिन् । मालिकको घरमा नोकर बस्छिन् । यो समाचार राजकरण महतोले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ८ : १० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि