२०८२, २२ फाल्गुन शनिबार

एजेन्टको प्रलोभनमा विदेश जाँदा म्यानमारमा अलपत्र

एजेन्टको प्रलोभनमा विदेश जाँदा म्यानमारमा अलपत्र


काठमाडौं, माघ २६ : भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे । सानो–ठूलो जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए ।

उनीहरूमध्ये एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो । एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्‍याएको ती युवतीले बताइन् । दोलखाकी उनलाई काठमाडौं हुँदै दिल्ली लगेर २५ दिन राखेपछि मणिपुर लगिएको थियो । त्यहाँ सात दिन राखिएको थियो । म्यानमार पुगुन्जेल ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिसा नमिलाई अलपत्र छाडेको उनले सुनाइन् ।

‘म्यानमारमा भारतीय प्रहरीले पक्राउ गर्दा अन्य आठ नेपाली महिला पनि थिए’, उनले भनिन्, ‘प्रहरी आए चिनजान नभएको नाटक गर्ने सल्लाह भएको थियो ।’ यही कारण आफूले अन्य नेपाली महिलाको पहिचान नखुलाएको उनले बताइन् । यो समाचार रामकला खड्काले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ७ : २० बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै