२०८२, १८ मंसिर बिहीबार

एजेन्टको प्रलोभनमा विदेश जाँदा म्यानमारमा अलपत्र

एजेन्टको प्रलोभनमा विदेश जाँदा म्यानमारमा अलपत्र


काठमाडौं, माघ २६ : भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे । सानो–ठूलो जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए ।

उनीहरूमध्ये एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो । एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्‍याएको ती युवतीले बताइन् । दोलखाकी उनलाई काठमाडौं हुँदै दिल्ली लगेर २५ दिन राखेपछि मणिपुर लगिएको थियो । त्यहाँ सात दिन राखिएको थियो । म्यानमार पुगुन्जेल ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिसा नमिलाई अलपत्र छाडेको उनले सुनाइन् ।

‘म्यानमारमा भारतीय प्रहरीले पक्राउ गर्दा अन्य आठ नेपाली महिला पनि थिए’, उनले भनिन्, ‘प्रहरी आए चिनजान नभएको नाटक गर्ने सल्लाह भएको थियो ।’ यही कारण आफूले अन्य नेपाली महिलाको पहिचान नखुलाएको उनले बताइन् । यो समाचार रामकला खड्काले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ७ : २० बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी