२०८२, २ भाद्र मंगलबार

हिमपातले बाली सप्रने

हिमपातले बाली सप्रने


रसुवा, २५ माघ : पटक पटक परेको पानी र हिउँले हिउँदे कृषिउपजको उत्पादन राम्रो हुने भएको छ । स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङका अनुसार माघ महीनाको निरन्तर वर्षा र हिमपातले जमीनमा यथेष्ठ चिसोपनले गर्दा लगाइएको गहुँ, जौ, करू, मुसुर, केराउ, आलु, तोरीजस्ता कृषिउपज उत्पादनमा सप्रने आशाले किसान उत्साहित भएका छन् ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरभन्दा माथिको उचाइका क्षेत्रको जमीन हिमपातले छोपेको र अन्य ठाउँको जमीनमा वर्षाले चिसोपन कायम भएको छ । चिसोले जनजीवन भने निकै कष्टकर भएको छ । हिउँले छोपेका बारीमा भने क्रमिकरूपमा हिउँ पग्लिन गई चिसोपन बस्ने र माटो मलिलो बनाई उत्पादनमा मद्दत पुग्ने तामाङले बताउनुभयो ।

शिशिर ऋतुमा परेको हिमपात निकै बाक्लो देखिएको, चिसोपन अत्यधिक बढेकाले ग्रामीण किसानको समस्यालाई ध्यान दिएर जिल्ला विपद् व्यवस्थापन समितिले १८० थान न्यानो कपडा कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । विपन्न वर्ग हो भन्ने स्थानीयतहको सिफारिसका आधारमा नौकुण्ड गाउँपालिकाको सिङबन्दी, बच्चा, घाङमर, गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ, आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ र चिलिमे क्षेत्रमा वितरण गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ८ : ५२ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर