२०८२, २२ फाल्गुन शनिबार

हिमपातले बाली सप्रने

हिमपातले बाली सप्रने


रसुवा, २५ माघ : पटक पटक परेको पानी र हिउँले हिउँदे कृषिउपजको उत्पादन राम्रो हुने भएको छ । स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङका अनुसार माघ महीनाको निरन्तर वर्षा र हिमपातले जमीनमा यथेष्ठ चिसोपनले गर्दा लगाइएको गहुँ, जौ, करू, मुसुर, केराउ, आलु, तोरीजस्ता कृषिउपज उत्पादनमा सप्रने आशाले किसान उत्साहित भएका छन् ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरभन्दा माथिको उचाइका क्षेत्रको जमीन हिमपातले छोपेको र अन्य ठाउँको जमीनमा वर्षाले चिसोपन कायम भएको छ । चिसोले जनजीवन भने निकै कष्टकर भएको छ । हिउँले छोपेका बारीमा भने क्रमिकरूपमा हिउँ पग्लिन गई चिसोपन बस्ने र माटो मलिलो बनाई उत्पादनमा मद्दत पुग्ने तामाङले बताउनुभयो ।

शिशिर ऋतुमा परेको हिमपात निकै बाक्लो देखिएको, चिसोपन अत्यधिक बढेकाले ग्रामीण किसानको समस्यालाई ध्यान दिएर जिल्ला विपद् व्यवस्थापन समितिले १८० थान न्यानो कपडा कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । विपन्न वर्ग हो भन्ने स्थानीयतहको सिफारिसका आधारमा नौकुण्ड गाउँपालिकाको सिङबन्दी, बच्चा, घाङमर, गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ, आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ र चिलिमे क्षेत्रमा वितरण गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ८ : ५२ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको