२०८२, २३ चैत्र मंगलबार

समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य : वरिष्ठ नेता नेपाल

समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य : वरिष्ठ नेता नेपाल


बर्दिवास, २५ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा आज सम्पन्न आधारशिला (पहिलेको नेकपा चौथो महाधिवेशनमा आबद्ध नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा वरिष्ठ नेता नेपालले कृषिमा नयाँ प्रविधिको विकासले मात्र मुलुकको समृद्धि अभियानको नेतृत्व गर्नसक्ने बताउनुभयो । “सम्भावनाको धेरै क्षेत्रबाट खोजी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कृषिबाट खोज्ने समृद्धि वैज्ञानिक र व्यवहारिक हुन्छ ।”

किसानले समयमा बीउ र मल पाउने, उत्पादित वस्तुको उचित मूल्यसहितको बजारको ग्यारेण्टी र पछिल्ला प्रविधिमा किसानको पहुँच नभएसम्म समृद्धि अभियानले गति लिन नसक्ने नेता नेपालको भनाइ थियो । उहाँले दक्ष जनशक्ति बढाएर मुलुकभित्रै आफ्नो सीप र दक्षता उपयोग गर्नसक्ने अवसर पछिल्लो पुस्ताले पाउन सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउन सक्ने बताउनुभयो ।

समारोहमा आधारशिलाका संस्थापकमध्येकै नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘सबैका लागि शिक्षाको अवसर’का लागि वर्तमान सरकार लागि परेको बताउनुभयो । आधारशिला २०५९ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा आबद्ध १५ परिवारका नेता तथा कार्यकर्ताले स्थापना गरेको कम्युन हो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ७ : ४८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि