२०८२, २१ मंसिर आईतबार

विद्युतीय रेल र पानीजहाज चलाउँछौँ : मन्त्री महासेठ

विद्युतीय रेल र पानीजहाज चलाउँछौँ : मन्त्री महासेठ


सिन्धुली, २३ माघ:भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका कमलाखाँेचमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै उहाँले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताउनुभयो । उहाँले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताउनुभयो । “बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौँ कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ” उहाँले भन्नुभयो ।

सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिनुभयोे । पाँच वर्षभित्र पूर्व–पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौँदेखि केरुङ अबको ६ महीनामा डिपिआर तयार भइसक्ने दाबी उहाँले गर्नुभयो । जनकपुर–जयनगर रेल केही समयमा नै सञ्चालन गर्नेसमेत मन्त्री महासेठले बताउनुभयो । कमलाखाँेचमा बनेको पहिलो पुलमा १० वटा स्पान रहेको र पुलको लम्बाइ ५०० मिटर रहेको पुल निर्माण गर्ने कालिका तुत्दी–रुवा जेभी काठमाडाँैका प्रबन्धक निर्देशक राजेन्द आचार्यले बताउनुभयो । पुल निर्माण भएको ७५० मिटर दायाँ÷बायाँ नदी नियन्त्रणसमेत गरिएको छ ।

पुलको चौडाइ १०.५ मिटर छ भने १.५ मिटर दुवैपट्टि फुटपाथ छ । पुल निर्माण गर्न रु ६१ करोड २२ लाखमा सम्झौता भएकोमा हालसम्म रु ६० करोड ९० लाख निकासा भएको उहाँको भनाइ थियो । कम्पनीले सिन्धुलीको मरिणमा पनि सम्झौताभन्दा अघि नै ४०० मिटर लामो पक्की पुल निर्माण गरी हस्तान्तरण गरिसकेको छ । कमलाखोँचमा पुल बनेपछि वर्षामा कमला नदी तर्न नसक्दा बिरामीले उपचार गर्न नपाउने, आवात–जावत रोकिनुपर्ने बाध्यता हटेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ९ : २८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको