२०८३, १८ आश्विन सोमबार

श्रमजीवीको पारिश्रमिकको मर्ममाथि आघात पुग्यो : महासङ्घ

श्रमजीवीको पारिश्रमिकको मर्ममाथि आघात पुग्यो : महासङ्घ


काठमाडौँ, २३ माघ : नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको पारिश्रमिकको मर्म भावनामाथि आघात पुगेको जनाएको छ । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा दिएको अन्तरिम आदेशप्रति महासंघले नेपाल राजपत्रमा प्रकाशित सूचनासमेत रोक्ने गरी जारी आदेशले ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टद्वारा आज जारी विज्ञप्तिमा पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी सर्वोच्च अदालतको आदेश यथा समयमै प्रक्रियाबमोजिम पुनर्विचार भई आवश्यक भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ । महासङ्घले मुलुकी फौजदारीसंहिता ऐनका प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने विभिन्न प्रवाधानमाथि संशोधनका लागि सरकारद्वारा गठित कार्यदलको सुझावअनुरुप अविलम्ब संशोधन प्रक्रिया अघि बढाउन सम्बद्ध पक्षसँग माग गरेको छ । यस्तै नवीकरण हुन नसकेका अनलाइन मिडियाको सहज ढङ्गले नवीकरण प्रक्रिया शुरु गर्न महासङ्घले सूचना विभागलाई समेत ध्यानाकर्षण गराएको छ ।

त्यस्तै सरकारले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न ल्याएको प्रस्तावित विधेयकका विषयमा समेत महासङ्घले ध्यानाकर्षण भएको जनाउँदै उक्त विधेयकका कतिपय प्रावधान अभियक्ति स्वतन्त्रताको मूल्य मान्यतासँग मेल नखाने देखिएकाले सच्याउन माग गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ८ : ४४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय