२०८२, १५ असार आईतबार

वाग्मती सफाइ : तीन सयौँ हप्ताको जिम्मेवारी

वाग्मती सफाइ : तीन सयौँ हप्ताको जिम्मेवारी


काठमाडौँ, २३ माघ : वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ताको विशेष कार्यक्रमको तयारीका लागि विभिन्न सङ्घसंस्थालाई जिम्मेवारी दिइएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहको अध्यक्षतामा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सफाइ अभियानकर्मी लगायतको बैठकले मुख्य मञ्च निर्माणसहित ‘साउण्ड सिस्टम’ जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय गरेको छ ।

यसैगरी मुख्य प्रवेशद्वार निर्माण मुक्तिनाथ विकास बैंकले गर्ने छ । अभियानकर्मी माला खरेलको नेतृत्वमा मञ्च सजावट, निर्मला केसीको संयोजकत्वमा स्वयंसेवक परिचालनको जिम्मेवारी तोकिएको हो । माघ २६ गते शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने ३००औँ हप्ताको विशेष समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

आलोकनगर र युएन पार्कमा जम्मा भई सफाइ अभियानकर्मी जनजागरण ¥यालीसहित मूल कार्यक्रमस्थल शङ्खमूलमा जम्मा हुनेछन् । बैठकमा सचिव सिंहले उपत्यकाका नदी सफाइका लागि नीतिनिर्माण गरी कार्यान्वयन, ढल व्यवस्थापनलाई मन्त्रालयले प्राथमिकता दिएको सुनाउनुभयो । विशेष कार्यक्रममा उपत्यकाका विभिन्न स्थान र उपत्यकाबाहिर समेत गरी १०२ स्थानका सफाइ अभियानकर्मी राजधानीको मूल कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : ५१ बजे

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ