२०८२, २५ चैत्र बिहीबार

वाग्मती सफाइ : तीन सयौँ हप्ताको जिम्मेवारी

वाग्मती सफाइ : तीन सयौँ हप्ताको जिम्मेवारी


काठमाडौँ, २३ माघ : वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ताको विशेष कार्यक्रमको तयारीका लागि विभिन्न सङ्घसंस्थालाई जिम्मेवारी दिइएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहको अध्यक्षतामा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सफाइ अभियानकर्मी लगायतको बैठकले मुख्य मञ्च निर्माणसहित ‘साउण्ड सिस्टम’ जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय गरेको छ ।

यसैगरी मुख्य प्रवेशद्वार निर्माण मुक्तिनाथ विकास बैंकले गर्ने छ । अभियानकर्मी माला खरेलको नेतृत्वमा मञ्च सजावट, निर्मला केसीको संयोजकत्वमा स्वयंसेवक परिचालनको जिम्मेवारी तोकिएको हो । माघ २६ गते शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने ३००औँ हप्ताको विशेष समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

आलोकनगर र युएन पार्कमा जम्मा भई सफाइ अभियानकर्मी जनजागरण ¥यालीसहित मूल कार्यक्रमस्थल शङ्खमूलमा जम्मा हुनेछन् । बैठकमा सचिव सिंहले उपत्यकाका नदी सफाइका लागि नीतिनिर्माण गरी कार्यान्वयन, ढल व्यवस्थापनलाई मन्त्रालयले प्राथमिकता दिएको सुनाउनुभयो । विशेष कार्यक्रममा उपत्यकाका विभिन्न स्थान र उपत्यकाबाहिर समेत गरी १०२ स्थानका सफाइ अभियानकर्मी राजधानीको मूल कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : ५१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि