२०८२, ४ माघ आईतबार

गाडी बोक्ने वाइबा भन्छन् : काेही नसकेर रून्थे

गाडी बोक्ने वाइबा भन्छन् : काेही नसकेर रून्थे


 हेटौँडा ,माघ २३ : दन्त्य कथा जस्तै लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवनी, कुनै बेला उहाँले गाडी बोकेर भिमफेदीबाट थानकोटसम्म पु-याएबापत सुरुमा जम्मा नौ रुपियाँ ज्याला पाउनुहुन्थ्यो ।

काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै भन्नुहुन्छ, ‘त्यसताका सुनको प्रतितोला ५० रुपियाँ र चाँदी प्रतितोला एक रुपियाँ थियो ।’ जीवनभर ७० वटा गाडी बोक्नु भएका वाइबा भन्नुहुन्छ, ‘बल हुनलाई गाडी बोक्न पाउनु राम्रै हो, तर बल नहुने रुन्थे पनि, कति त लड्थे पनि ।’ त्यसबेला तराई र काठमाडौं जोड्ने मोटरबाटो बनेको थिएन । भीमफेदीसम्म गाडी गुडाएर ल्याउँथे, मोटरबाटो नभएकाले भरिया लगाएर थानकोटसम्म पु-याइन्थ्यो ।

१६ वर्षको उमेरमा गाडी बोक्ने काम थाल्नुभएका वाइबाले ३० वर्षको उमेर पुगेपछि मात्र गाडी चढ्नुभयो । गाडी बोक्ने काम गर्दा नाइकेले दिएको पैसाले नधानेर घरबाटै सामान बोकेर खानुपर्ने बाध्याता परेको पनि उहाँ यतिखेर सम्झनुहुन्छ । मकवानपुरको थाहा नगरपालिका, ५ स्थित तस्सरका बासिन्दा वाइबाको बाइरोडको बाटो भनिने त्रिभुवन राजपथ निर्माण भएसँगै २००८ सालबाट गाडी बोक्ने काममा पूर्णबिराम लाग्यो । याे समाचार गाेरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : ४७ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ