२०८२, २५ चैत्र बिहीबार

गाडी बोक्ने वाइबा भन्छन् : काेही नसकेर रून्थे

गाडी बोक्ने वाइबा भन्छन् : काेही नसकेर रून्थे


 हेटौँडा ,माघ २३ : दन्त्य कथा जस्तै लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवनी, कुनै बेला उहाँले गाडी बोकेर भिमफेदीबाट थानकोटसम्म पु-याएबापत सुरुमा जम्मा नौ रुपियाँ ज्याला पाउनुहुन्थ्यो ।

काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै भन्नुहुन्छ, ‘त्यसताका सुनको प्रतितोला ५० रुपियाँ र चाँदी प्रतितोला एक रुपियाँ थियो ।’ जीवनभर ७० वटा गाडी बोक्नु भएका वाइबा भन्नुहुन्छ, ‘बल हुनलाई गाडी बोक्न पाउनु राम्रै हो, तर बल नहुने रुन्थे पनि, कति त लड्थे पनि ।’ त्यसबेला तराई र काठमाडौं जोड्ने मोटरबाटो बनेको थिएन । भीमफेदीसम्म गाडी गुडाएर ल्याउँथे, मोटरबाटो नभएकाले भरिया लगाएर थानकोटसम्म पु-याइन्थ्यो ।

१६ वर्षको उमेरमा गाडी बोक्ने काम थाल्नुभएका वाइबाले ३० वर्षको उमेर पुगेपछि मात्र गाडी चढ्नुभयो । गाडी बोक्ने काम गर्दा नाइकेले दिएको पैसाले नधानेर घरबाटै सामान बोकेर खानुपर्ने बाध्याता परेको पनि उहाँ यतिखेर सम्झनुहुन्छ । मकवानपुरको थाहा नगरपालिका, ५ स्थित तस्सरका बासिन्दा वाइबाको बाइरोडको बाटो भनिने त्रिभुवन राजपथ निर्माण भएसँगै २००८ सालबाट गाडी बोक्ने काममा पूर्णबिराम लाग्यो । याे समाचार गाेरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : ४७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि