२०८२, १६ मंसिर मंगलबार

रानीपोखरी पुनःनिर्माण प्राधिकरणले गर्ने

रानीपोखरी पुनःनिर्माण प्राधिकरणले गर्ने


काठमाडौं, २१ माघ: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण गर्ने भएको हो । परम्परागत शैली र मौलिकतालाई संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटशिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौँ महानगरपालिकालगायतसँग समन्वय तथा सहजीकरण गरी पुरानै शैलीमा पुनःनिर्माण गर्ने निर्णय छ । यही माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको जनाइएको छ ।

प्राधिकरणले भूगर्भविद्बाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञले ३०० फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, विज्ञ, सरोकारवाला सङ्घसंस्था, स्थानीय समुदायलगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनःनिर्माण गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ९ : ०० बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी