२०८३, २८ श्रावण शुक्रबार

रानीपोखरी पुनःनिर्माण प्राधिकरणले गर्ने

रानीपोखरी पुनःनिर्माण प्राधिकरणले गर्ने


काठमाडौं, २१ माघ: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण गर्ने भएको हो । परम्परागत शैली र मौलिकतालाई संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटशिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौँ महानगरपालिकालगायतसँग समन्वय तथा सहजीकरण गरी पुरानै शैलीमा पुनःनिर्माण गर्ने निर्णय छ । यही माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको जनाइएको छ ।

प्राधिकरणले भूगर्भविद्बाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञले ३०० फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, विज्ञ, सरोकारवाला सङ्घसंस्था, स्थानीय समुदायलगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनःनिर्माण गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ९ : ०० बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व