२०८३, ९ भाद्र बुधबार

दाङमा हतियार उद्योग चलाउने २ जना पक्राउ

दाङमा हतियार उद्योग चलाउने २ जना पक्राउ


घोराही, २१ माघ: जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भौवा नाकामा बस्ने बुढाको घरबाट पाँच थान बन्दुक, १२ बोर राइफल एक थान, एयरगन राइफल तीन थान, कटुवा पेस्तोल एक थान, रिभल्वर एक थान, सानो हतियार १२ थान तथा ठूलो हतियारको नाल २९ थान बरामद गरिएको छ । हातहतियार बनाउन प्रयोग गरिने आरनको मेसिन एक थान, पङ्खा घुमाउने फित्ता, काठको पङ्खा, रिङ, रेती, हेक्साब्लेट, हतौडा, पेचकस, छिना सनासो, उदाउने ढुङ्गा, सम्मीलगायत सामग्रीसमेत बरामद गरिएको छ ।

यस्तै सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, बोल्टु, काजा, सुइरो, विभिन्न आकारको स्क्रु र पित्तल गलाउने धूलो पनि सो उद्योगमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घर्ती र बुढाले सशस्त्र द्वन्द्वको समयमा पनि हतियार बनाउने गरेको पाइएको छ । प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार घरेलुरुपमा चलाइरहेको उक्त उद्योगमा बनाइएका हतियार भारतको बजारमा बिक्री गरिँदै आएको थियो । “नेपालमा पनि उनीहरुले हतियार बेचेका रहेछन्,” उहाँले भन्नुभयो । पक्राउ परेकाविरुद्ध हतियार तथा खरखजानासम्बन्धी कसुरको मुद्दा चलाइनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ८ : २६ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा