२०८२, २५ कार्तिक मंगलबार

निर्मला हत्या प्रकरणमा अभियुक्तका जति स्केच बने ति सबै फेल

निर्मला हत्या प्रकरणमा अभियुक्तका जति स्केच बने ति सबै फेल


काठमाडौं, माघ २१ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएको छ । गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । त्यसयता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले जनाएको छ ।

‘कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा सूक्ष्म निगरानी राखी स्केच बनाएरै अनुसन्धान गर्दै आएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन,’ प्रहरी स्रोतले भन्यो ।स्रोतका अनुसार हालसम्मको अनुसन्धानका क्रममा प्रहरीले करिब एक दर्जन व्यक्तिको स्केच बनाइसकेको छ भने हत्याको आशंकामा १ हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ ।

बलात्कार तथा हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीसहित स्थानीय प्रहरी टोली र स्केच बनाउन खटिएको विशेष टोलीले संयुक्त रूपमा हत्या प्रकरणको अनुसन्धान जारी राखेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले भने निर्मला हत्या प्रकरणमा प्रहरीले गम्भीरतासाथ अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै परिणाम प्राप्त भइनसकेको बताए । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ७ : २८ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको