२०८२, ८ बैशाख सोमबार

मेलम्चीको अल्टिमेटम भोलि सकिदै, त्यसपछि के हुन्छ ?

मेलम्चीको अल्टिमेटम भोलि सकिदै, त्यसपछि के हुन्छ ?


काठमाडौं, माघ २१ : मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

समितिका कार्यकारी निर्देशक कँडेलले भने, “अझै दुई दिन बाँकी छ । अहिलेसम्म कुनै जानकारी आएको छैन । आउने संभावना पनि कम छ । नआए कसरी अघि बढ्ने भन्ने कुराको टुङ्गो लगाउन हामी छलफलमै छौं ।’ निर्माण कम्पनी नफर्किएमा बाँकी काम सम्पन्न गर्न दुईवटा विकल्प समितिले अगाडि सारेको छ । पहिलो विकल्पका रुपमा द्ूत मार्गबाट काम गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीमा बिशेष परिस्थितिको अवस्थाको कारण जनाई खरिद प्रक्रिया पु¥याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्न पाउने व्यवस्था छ । त्यसका लागि तीनदेखि चार महिनाको अवधि तोकिएको छ । दोस्रो विकल्पका रुपमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आव्हानमै तीनदेखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

यी विकल्पहरूका बारेमा सरकारले बिशेष परिस्थितिको घोषणा गरी निर्णय गर्नुपर्ने समितिले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले १४ दिन पुगेको भोलिपल्ट ठेक्का तोड्ने र धरौटी पनि जफत गर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ७ : १९ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका