२०८२, ३१ जेष्ठ शनिबार

हराएको रु साढे चार लाख भेटिँदा …….

हराएको रु साढे चार लाख भेटिँदा …….


सिन्धुली, २० माघ : कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उहाँको खुशीको सीमा नै थिएन । आज काठमाडौँबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साँटिएको थियो । झोलामा सो रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो ।

शान्तिनगर चोकमा झर्नुभएका श्रेष्ठले झोला सडक छेउमा राख्नुभयो । सोही क्रममा उहाँले सडकमा राखेको झोला अर्को यात्रुले बोकेर जानुभयो । दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाउनुभयो । तत्काल उहाँले प्रहरीलाई फोन गरी झोला साँटिएको जानकारी गराउनुभयो । प्रहरी सहायक निरीक्षक पाण्डे नेतृत्वको टोलीले झोला खोज्न थाल्नुभयो ।

श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाडौँतर्फ गएको जस्तो लागेको बताएपछि ट्राफिक प्रहरीले कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै रु साढे चार लाख फेला पारेको हो । ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझायो ।

“झोला भेटिँदा निकै खुशी लाग्यो,” प्रहरी सहायक निरीक्षक पाण्डेले भन्नुभयो, “प्रहरीलाई तत्काल खबर गरेकाले पैंसो भेटाउन सम्भव भएको हो ।” समस्या पर्दा आत्तिनु भन्दा प्रहरीलाई खबर गर्नुपर्ने उहाँ बताउनुहुन्छ । श्रेष्ठले कमलामाई नगरपालिकामा १० धुर जग्गा किनेको र दिन बाँकी सो रकम बुझाउन जाँदै गरेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ९ : २२ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।