२०८२, ४ पुस शुक्रबार

शिक्षा नाफा कमाउने क्षेत्र होइन: मन्त्री पोखरेल

शिक्षा नाफा कमाउने क्षेत्र होइन: मन्त्री पोखरेल


काठमाडौँ, २० माघ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको लगानी नाफा कमाउनेभन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताउनुभयो । “शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने हो । शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु हो”, उहाँले भन्नुभयो, “नाफाको आशा नगर्नुस्, देशका लागि योगदान दिनुहोस् । शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागू गर्नुहोस् ।”

सार्वजनिक शिक्षालाई सबल बनाउनुपर्ने बताउँदै प्राविधिक÷व्यावसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो । यस वर्ष विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने र अर्को वर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ । उहाँले सरकारले थालेको समृद्ध नेपाल र सुखी नेपाली बनाउने बनाउने अभियान शिक्षालाई नयाँ ढङ्गले अघि बढाएमात्र सफल हुने बताउनुभयो ।

मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षालाई पूर्वाधारका रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले शिक्षामा विज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताउनुभयो । विज्ञान र प्रविधिलाई उत्पादन शक्तिका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ९ : ०३ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,