२०८३, ७ कार्तिक शनिबार

लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ


काठमाडौँ, २० माघ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा ललितपुरका शिशिर कर्माचार्य र शरदराज भण्डारीलाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएको लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी १६१ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेकालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । लागुऔषध लिएर हिँडिरहेका पर्साका धनञ्जयकुमार कर्णकार र ज्ञानी थापामगरलाई पक्राउ परेका हुन् । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी ५५६ एम्पुल बरामद गरेको वृत्तले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना