२०८३, १२ बैशाख आईतबार

लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ


काठमाडौँ, २० माघ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा ललितपुरका शिशिर कर्माचार्य र शरदराज भण्डारीलाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएको लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी १६१ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेकालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । लागुऔषध लिएर हिँडिरहेका पर्साका धनञ्जयकुमार कर्णकार र ज्ञानी थापामगरलाई पक्राउ परेका हुन् । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी ५५६ एम्पुल बरामद गरेको वृत्तले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले