२०८३, ५ भाद्र शनिबार

काभ्रेको डाँडापारीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने गृहमन्त्री बादलको घोषणा

काभ्रेको डाँडापारीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने गृहमन्त्री बादलको घोषणा


काठमाण्डौ २० माघ: गृहमन्त्री राम बहादुर थापाले काभ्रेको महाभारत गाउँपालिकामा छिट्टै इलाका प्रहरी कार्यालय स्थापना गरिने बताएका छन् ।

आइतबार ल्होछार कार्यक्रममा सहभागि हुन बनखु पुगेका गृहमन्त्री बादलले आम नारिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै इलाका प्रहरी कार्यालय स्थापना गरिने बताएका हुन् ।

महाभारत गाउँपालिका इलाका प्रशासन कार्यालय स्थापना भएको छ । तर प्रहरी प्रशासन नहुदाँ गाउँपालिकाकै न्यायिक समितिलाई समेत काम गर्न अप्ठ्यारो भइरहेको परिस्थितिका माज गृहमन्त्री थापाले सुविधा सम्पन्न कार्यालय र थप दरबन्दी सहितको इकाला प्रहरी कार्यालय स्थापना गरिने बताएका हुन् ।

गृहमन्त्री थापाले विकास र सुशासनसँग सगै लैजाने सरकारको योजना रहेको पनि बताए । जनयुद्ध देखि नै विभिन्न जात, जाति भाषाको कुरा उठाउँदै संविधानमै उल्लेख भइसकेको भन्दै उनले अब त्यसलाई ब्यवहारमा उतार्दै जाने समेत उल्लेख गरे ।

फरक प्रसंगमा गृहमन्त्री थापाले सरकार र पार्टीलाई असफल बनाउन देशी विदेशी शक्तीहरु चौतर्फि रुपमा निकै सक्रिय भएको दाबी गरे । ‘यो वा त्यो बहानामा नेपाललाई अस्थिर मुलुक बनाइ राख्न चाहाने शक्ति सक्रिय छ, उनले भने ‘तर त्यो असफल बनाउने प्रयास कुनै पनि हालतमा सफल हुन दिइदैँन्, सरकार ढुक्क भएर आफ्ना मुलुकका जनताको हितमा काम गर्छ ।’

संघीय सासंद नविना लामाले डाँडापारि क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरकै ठूला योजनाहरु सञ्चालन गरेर नागरिकको जीवन स्तर सहज बताइने बताइन् । ‘डाँडापारिका स्थानीयले खेप्दै आएको दुःखलाई अब विकास मार्फत सुःखमा परिणत गराउँन हामी लाग्छौँ, उनले भनिन् ‘यहाँको मूख्य समस्या सडक हो, विकट भएर पनि विकासको नमूना हेर्न अन्य ठाउँका मानिस समेत डाँडापारि आउने वातारण निर्माण गर्न हामी सबै जुटौँँ ।’

सासंद लामाले डाँडापारिका स्थानीयहरुको हरेक दुःख, सुःखमा आफ्नो साथ र सहयोग रहिरहने स्पष्ट पारिन ।

प्रदेश सासंद रत्न ढकालले आफ्नो विकास क्षेत्रका हरेक योजना महाभारत गाउँपालिकाबाटै सुरु गर्ने बताए । उनले अबको एकवर्षभित्र महाभारत गाउँपालिका सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएने दाबी समेत गरे ।

यसैबीच भोली महाभारत गाउँपालिका वडा नम्बर ५ बुढाखानी ग्रामोन्नती मावि भवन उद्घाटन र खानीखोला गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा डाँडापारि जाने भएका छन् ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ५ : २० बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही