२०८२, १८ मंसिर बिहीबार

मकवानपुरकमा ट्याक्टर दुर्घटना: दुईको मृत्यु, पाँच घाइते

मकवानपुरकमा ट्याक्टर दुर्घटना: दुईको मृत्यु, पाँच घाइते


हेटौँडा, २० माघ: मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएको स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईकोे उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ । ट्याक्टर निकाल्न जेसिबी नै प्रयोग गर्नुपर्ने अवस्था रहेको शिक्षिका राईले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ८ : ०३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी