२०८२, २३ चैत्र मंगलबार

मकवानपुरकमा ट्याक्टर दुर्घटना: दुईको मृत्यु, पाँच घाइते

मकवानपुरकमा ट्याक्टर दुर्घटना: दुईको मृत्यु, पाँच घाइते


हेटौँडा, २० माघ: मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएको स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईकोे उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ । ट्याक्टर निकाल्न जेसिबी नै प्रयोग गर्नुपर्ने अवस्था रहेको शिक्षिका राईले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ८ : ०३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि