२०८३, २१ असार सोमबार

आफ्नै व्यवसायमा आत्मनिर्भर बन्दै कम्लरी

आफ्नै व्यवसायमा आत्मनिर्भर बन्दै कम्लरी


दाङ, माघ २० : सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमानसँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्‍यो । अहिले जग्गाधनी भएकी छन् ।

उनले २ वर्षअघि सहकार्य मुक्त कमैया समूहबाट २० हजार रुपैयाँ सहयोग पाइन् । त्यसबाट सुन्तला, केरा, बदाम, स्याउजस्ता फलफूल किनेर बेच्न थालिन् । दैनिक सरदर २ हजार रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन् । समूहको ऋण चुक्ता गरिसकिन् । मासिक ५ सय रुपैयाँका दरले समूहमा पनि बचत गर्न थालिन् । अहिले ६ लाख पुगिसक्यो । त्यसबाट ऋण लगानी भएको छ । समूहकै सदस्यले ऋण लिएर विभिन्न काम गरिरहेका छन् । यो समाचार कान्तिपुरमा दुर्गालाल केसीले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : २० बजे

प्रेस स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला सञ्चारमन्त्रीको आश्वासन-‘चिन्तित नहुनुस्’

काठमाडौं । प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास भएको भन्दै पत्रकार समुदायबाट

बजेटमा बैतडी ‘हिट’, अन्य जिल्ला ‘कट’ ? आफ्नै मन्त्रालयको बजेटप्रति मन्त्री नै असन्तुष्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा

बुवाको शोक समारोहमा पनि देखिएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी, बढ्यो रहस्य

तेहरान । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्मानमा

एम्बाप्पेको पेनाल्टी गोलले फ्रान्स अन्तिम आठमा, पाराग्वेको यात्रा समाप्त

काठमाडौं । किलियन एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा फ्रान्सले पाराग्वेलाई