२०८२, २० असार शुक्रबार

मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु-याउँदै नेपाली युवती

मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु-याउँदै नेपाली युवती


काठमाडौं, माघ २० : नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पु-याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ ।भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पु-याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पु-याउने वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ ।

महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्र्रो मुलुक पु-याउने रहस्या पत्ता लगाएको दाबी गरेको छ । काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पु-याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पु-याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनु भयो । यो समाचार आजको नेपाल समाचार पत्रमा दीपक रिजालले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : ०९ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक