२०८२, २ भाद्र मंगलबार

बढ्यो इन्धनको मूल्य

बढ्यो इन्धनको मूल्य


काठमाडौँ, १९ माघ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।

निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ । आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको हो ।

निगमले १५÷१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन । विगतमा करीब डेढ महीनाजति अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले पेट्रोलियम खरीद मूल्यमा कमी आउँदा विगतको महीनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो । यद्यपि, यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत निगमको रु एक अर्ब छ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ माघ शनिबार  ८ : ५६ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर