२०८२, २ भाद्र मंगलबार

गृह मन्त्रालयबाट हटाउँदै एनजिओ-आइएनजिओ

गृह मन्त्रालयबाट हटाउँदै एनजिओ-आइएनजिओ


काठमाडौं, माघ १९ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ÷आइएनजिओ)लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ । गैरसरकारी सस्थालई गृहबाट अलग्याएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृहमातहत नै हिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला बालबालिका मन्त्रालयमातहतमा लैजान खोजिएको हो ।

समाज कल्याण परिषदको तथ्याङ्कअनुसार मुलुकभर ४९ हजार एनजिओ दताए भएका छन् । जसले वार्षिक २४ अर्ब रुपैयाँको कारोबार गर्छन् । यस्तै आइएनजिओ २३० वटा दर्ता भएका छन् । उनीहरु मुलुकभर विभिन्न परियोजनामा वार्षिक २६ अर्ब बराबरको कारोबार गर्छन । यसअघि एनजिओ÷आइएनजिओ जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता हुनुपथ्र्यो । तर, दोहोरो झन्झट भएको भन्दै गृह मन्त्रालयबाट अलग्याएर महिला बालबालिका मन्त्रालयमातहत लैजाने तयारी भएको हो । यो समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १९ माघ शनिबार  ८ : ३२ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर