२०८२, १८ मंसिर बिहीबार

टिपर व्यवसायी आन्दोलित

टिपर व्यवसायी आन्दोलित


उर्लाबारी, १८ माघ : गत सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सात वटा टिपरमा गरिएको आगजनीको विरोधमा पूर्वका टिपर व्यवसायी आन्दोलित भएका छन् । आगजनीको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी सङ्घको आयोजनामा आज टिपर व्यवसायीले विरोध ¥याली निकालेका छन् । ¥यालीलाई प्रहरीले रोक्न खोजेपछि कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका र बूढीगङ्गा गाउँपालिकाको सिमानामा रहेको ढाट क्षेत्रमा केहीबेर तनाव भएको थियो ।

विराटचौकबाट विराटनगरसम्म टिपर ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तीन सयभन्दा बढी टिपर सहभागी थिए । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोशी राजमार्ग अवरुद्ध बनेको थियो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नाराबाजी गरेका छन् । गत सोमबार बिहान सुन्दरपुरहरैँचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोशमा सडकमा उत्रिएका स्थानीयवासीले ठक्कर दिएकोसहित सातवटा टिपरमाथि आगजनी गरेका थिए । सो घटनाको विरुद्धमा टिपर व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सङ्घर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले निर्बाध रुपमा सडकमा कुद्न पाउनुपर्ने, सुन्दरहरैँचामा जलाइएका टिपर व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने, टिपर जलाउनेको पहिचान गरेर कारवाही गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : ३० बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी