२०८२, २३ चैत्र मंगलबार

टिपर व्यवसायी आन्दोलित

टिपर व्यवसायी आन्दोलित


उर्लाबारी, १८ माघ : गत सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सात वटा टिपरमा गरिएको आगजनीको विरोधमा पूर्वका टिपर व्यवसायी आन्दोलित भएका छन् । आगजनीको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी सङ्घको आयोजनामा आज टिपर व्यवसायीले विरोध ¥याली निकालेका छन् । ¥यालीलाई प्रहरीले रोक्न खोजेपछि कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका र बूढीगङ्गा गाउँपालिकाको सिमानामा रहेको ढाट क्षेत्रमा केहीबेर तनाव भएको थियो ।

विराटचौकबाट विराटनगरसम्म टिपर ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तीन सयभन्दा बढी टिपर सहभागी थिए । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोशी राजमार्ग अवरुद्ध बनेको थियो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नाराबाजी गरेका छन् । गत सोमबार बिहान सुन्दरपुरहरैँचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोशमा सडकमा उत्रिएका स्थानीयवासीले ठक्कर दिएकोसहित सातवटा टिपरमाथि आगजनी गरेका थिए । सो घटनाको विरुद्धमा टिपर व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सङ्घर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले निर्बाध रुपमा सडकमा कुद्न पाउनुपर्ने, सुन्दरहरैँचामा जलाइएका टिपर व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने, टिपर जलाउनेको पहिचान गरेर कारवाही गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : ३० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि